सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ८०० थियो ।

मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १६५ कायम रहेको महासंघले जनाएको छ ।















