नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एकैदिन एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ ।















