खाेज्नुहाेस

नाट्टा सुदूरपश्चिम प्रदेश अध्यक्षमा पदमबिक्रम सिंह

Image

धनगढी – नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदम बिक्रम सिंह निर्वाचित भएका छन् । आज धनगढीमा सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनबाट पदम बिक्रम सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तीन कार्यकाल महासचिव भएर संगठनलाई चलायमान बनाएका थिए ।

समितिको उपाध्यक्षमा धनञ्जय जैसी, महासचिवमा शिवहरी पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा सबिता ऐर निर्वाचित भएका छन् । सदस्यमा पदमबहादुर चन्द, बिक्रम ठकुल्ला, किशोर खड्का र मेखेन्द्र खत्री निर्वाचित भएका छन् ।

attariya hospital
navjiwan hospital

यस अघि साधारणसभा तथा अधिवेशनको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उद्घाटन गरेका थिए ।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको उद्घाटन शत्रमा प्रदेश नीति तथा योजना आयोगका सदस्य मोहनदेव बिष्ट, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक ज्योती भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नाट्टा सुदूरपश्चिमका सचिव शिवहरी पाण्डेले स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन महासचिव पदम बिक्रम सिंहले गरेका थिए ।