खाेज्नुहाेस

असार १ देखि सरकारी कार्यालय खुल्ने समय हेरफेर

Image

काठमाण्डौं – सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो ।

attariya hospital
navjiwan hospital

आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हुने छ । त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म हुनेछ ।