अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको लामितालाई पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउन मेयर बिरेन्द्र भट्टले पहल सुरु गरेका छन । पदभार ग्रहण गरेको दोस्रो दिन लामितालमा पुगेका भट्टले यसको सम्भावनाको बारेमा अध्ययन अवलोकन गरेका हुन ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण दत्त भट्ट संग लामिताल परिसरमा पुगेका मेयर भट्टले लामिताललाई कसरी प्रयटकिय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ र, त्यसका लागि वन निर्देशनालयले कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको मेयर भट्टको कार्यालयले जनाएको छ ।

अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिने यो तालमा पर्यटकीय सम्भावना धेरै भएपनि यसको लागि आवश्यक पुर्वाधार प्रचारप्रसारको अभावले ओझेलमा छ ।

आर्थिक बर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत तालको सरसफाई, तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्टबेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरेको भएपनि अहिले ति संरचना पनि जिर्ण बनेका छन ।
अत्तरिया बजार नजिकै भएकाले यसको प्रचार प्रसार गर्न सके गोदावरीको विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले बताउँदै आएका छन ।
सम्बन्धित समाचार : अत्तरिया बासिले चिन्न नसकेको लामिताल

















