खाेज्नुहाेस

नेपाल आउने विदेशी पर्यटनको संख्या बढ्न थाल्यो

Image

काठमाडौं – कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ ।

navjiwan hospital

गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

attariya hospital

उनले भने, ‘कोरोना जोखिम शून्यजस्तै छ, त्यसैले पर्यटक आउने क्रम बढेको छ, आगामी दिनमा अझै बढ्छ ।’ गत जनवरीदेखि मार्चसम्म कुल ७८ हजार १८२ विदेशी पर्यटक आएका थिए ।

नेपाल आउने विदेशीको संख्या बढिरहेको, विमानस्थलमा एउटा मात्र एटीएम रहेको र सफ्टवेयरले काम नगर्दा विद्युतीय कारोबार अवरुद्ध हुन सक्ने भन्दै कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्यसो गर्दा अनअराइभल भिसाको शुल्क तिर्न सजिलो हुने कार्यालयको भनाइ छ ।
कार्डको भरमा आउँदा विमानस्थलको विद्युतीय कारोबार गर्ने सफ्टवेयरले काम नगरेको खण्डमा शुल्क तिर्न नपाएर भिसा नलाग्ने समस्या आउँछ । अनि पर्यटक लामो समय विमानस्थलमै अड्किन सक्छन् । त्यसैले कार्यालयले भिसा शुल्क बुझाउन सजिलो हुने भन्दै २ सय अमेरिकी डलर बराबर परिवत्र्य विदेशी मुद्रा बोकेर आउन सुझाएको हो ।