खाेज्नुहाेस

६ पार्टी र २ मोर्चाद्धारा भोली नेपाल बन्दको घोषणा

Image

अत्तरिया – ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाको आकस्मीक बैठकले भोली नेपाल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय काठमाण्डौंमा बसेको बैठकले रातारात एमसीसी पारीत गर्ने मुर्खता गरिन लागिएकाले यसको प्रतिवाद गर्न आन्दोलका बन्द लगायतका कार्यक्रम घोषणा गरेको जनाएको छ ।

बैठक पछि जारी सयुक्त प्र्रेस विज्ञप्तीमा फागुन १५ गते बेलुका देशव्यापी मशाल जुलुस र फागुन १६ गते सशक्त नेपाल बन्द गर्ने उल्लेख गरिएको छ ।

attariya hospital
navjiwan hospital

‘नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, बिरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी पारित गर्ने मुर्खता गरिरहेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघार्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले बिषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले तत्कालिन नसंघर्षको कार्यक्रम घोषणा गरेका छौ’ सयुक्त विज्ञप्तीमा भनिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीका जिल्ला सचिव दिपेन्द्र चलाउने एमसीसीका बिरुद्धमा आकस्मिक रुपमा नेपाल बन्दको घोषणा गरिएको बताए । उनले देशभरी नै बन्द गरिने बताए ।