खाेज्नुहाेस

सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

Image

काठमाण्डौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंगलवार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

attariya hospital
navjiwan hospital

राति देशका विभिन्न स्थानमा सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।