खाेज्नुहाेस

पहाडी भेगमा वर्षाको सम्भावना

Image

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू–भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ तराईका केही भू–भागमा हुस्सु /कुहिरो लागेको छ भने बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहेको छ।

navjiwan hospital

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जनाइएको छ।

attariya hospital

राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ। बाँकी भू–भागमा भने मौसम सामान्यतः सफा रहनेछ।

सोमवार पहाडी भू–भागमा सामान्य बदली रही पहाडी भू–भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।