अत्तरिया – प्रजातन्त्र दिवसको अवसरमा विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था बिषयमा विचार गोष्ठी आयोजना गरिएको छ ।
स्कुल अफ डेमोक्रेसी त्रिवि समितिको आयोजनामा शनिबार काठमाण्डौंको कीर्तिपुरमा बिचार गोष्ठी आयोजना गरिएको हो ।

७२ प्रजातन्त्र दिवसका अवसरमा बिष्णु बडैलाको सभापतित्वमा भएको बिचार गोष्ठीका प्रमुख अतिथि स्कुल अफ डेमोक्रेसी केन्द्रिय अध्यक्ष नैनसिंह महर रहेका थिए ।
विचार गोष्ठीमा प्रा. डा. बिनय कुसियत र प्रा. डा. शोभाकर कडेल बिशिस्ट अथितिका रुपमा सहभागि थिए ।

गोष्ठीमा डा. गोपि चन्द्र काफ्ले , अभिलाल शाह, बौद्धिक ब्याक्तित्वहरु, नेपाल विद्यार्थी संघका नेताहरु, र स्कुल अफ डेमोक्रेसी त्रिभुवन बिश्वविद्यालय कार्यसमितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


















