खाेज्नुहाेस

झोलाभित्र शव भेटियो

Image

विराटनगर – सुनसरीमा झोलाभित्र मानिसको शव फेला परेको छ । धरान उपमहानगरपालिका–४ मा धरान–भेडेटार रोडको जंगलमा झोला भित्र शब फेला परेको हो ।

navjiwan hospital

एउटा झोलामा पुरुषको टाउको र खुट्टा र अर्को झोलामा शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन ।

attariya hospital

स्थानीयले दाउरा खोज्न गएका बेला जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

३०–३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि पहिचान नभएको प्रहरी उपरीक्षक थापाले बताए । शब सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।