खाेज्नुहाेस

कोरोना रोकथामका लागि सीसीएमसीको सरकारलाई १३ बुँदे सिफारिस

Image

अत्तरिया – कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कोरोना रोकथामका लागि सरकारलाई १३ बुँदे सिफारिस गरेको छ ।

सीसीएमसीले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन सरकारलाई १३ बुँदे सिफारिस गरेको हो ।

attariya hospital

सिफारिसमा विद्यालय बन्द गर्न गर्ने देखि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन उल्लेख छ ।

navjiwan hospital

’सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक या धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यहीँ प्रकृतिका कार्यक्रम नगर्न आह्वान नगर्ने,’ सीसीएमसीको सिफारिसमा भनिएको छ, ’नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी हुने गरी मेला, मेला तथा महोत्सवहरू आयोजना नगर्न÷नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने ।’

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रदेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटो साथमा राख्न आह्वान गरिएको छ । उक्त कार्य हेरेरमात्र सार्वजनिक स्थलहरूमा प्रवेशको व्यवस्था गर्न सम्बन्धित निकायलाई सिफारिस गरिएको छ ।

सीसीएमसीको सिफारिसमा देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न भनिएको छ । देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको पत्रमा उल्लेख छ ।