धनगढी – कैलालीमा जारी एमाले अधिवेशनमा ४८ जना निर्विरोध निर्वाचित भएका छन ।
आज प्रकाशित उम्मेदवारको अन्तीम नामावलीमा नाम दर्ता भएका विभिन्न विद्यातर्फका ४८ जना निर्विरोध निर्वाचित भएका हुन ।

निर्विरोध निर्वाचित भएका मध्ये खुल्ला महिला तर्फ १२ जना, ५ ओटै निर्वाचन क्षेत्रका भुगोल महिला तर्फ ५÷५ जनाका दरले २५ जना, जनाजातीतर्फ २ जना, रानाथारु तर्फ ५ महिला, मजदुरतर्फ महिला र पुरुष गरी ३ जना तथा पेशागत खुल्ला तर्फ १ पदमा महिला निर्विरोध निर्वाचित भएका छन ।
निर्वाचन समितिले आज विहान सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार जिल्लामा १५० पदका लागी ३२९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लामा अध्यक्षका लागी वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ भने उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी परेको छ । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना तथा ४ र ५ बाट ३०÷३० जनाले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ भने राना थारुतर्फ ८ जनाको पदमा १५ जना, पेसागत खुल्ला तर्फ १ पदमा २ जना, दलिततर्फ ८ पदमा १७ जना र महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ ।
नामावली अनुसार नै अपाङ्गतर्फ १ पदमा ३ जनाको र अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको भएको छ ।















