अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
संस्थाको १८ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । जसको अध्यक्षमा पुनम कार्की चयन भएकी छन । सभाको बन्दसत्रले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


जसको उपाध्यक्षमा डम्मरी कुवँर चयन भएकी छन भने सचिवमा सुनिता मल्ल र कोषाध्यक्षमा रेनुका विक चयन भएकी छन ।
यस्तै सभाले संस्थाको कार्यसमिति सदस्यहरुमा दिपा देवकोटा, चन्द्रा भण्डारी, विष्ना शाहु, मनु चौधरी, सानु वि.क, लक्ष्मी भट्ट र दिपिका भट्टराईलाई चयन गरेको छ ।
सभाले सविना तामाङ्गको संयोजकत्वमा ३ सदस्यीय नयाँ लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । जसको सदस्यमा बेलमती खत्री र शारदा सुवेदी रहेका छन ।

















