काठमाण्डौं – आज देशभर मौसम सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभावले केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरो केहीबेर पछि हटेर घाम लाग्ने महाशाखाले अनुमान गरेको छ ।
















