खाेज्नुहाेस

स्मार्ट लाइसेन्स छाप्न सुरु

Image

काठमाडौँ — १५ महिनापछि पुस १३ गते मंगलबारबाट स्मार्ट लाईसेन्स (चालक अनुमतिपत्र) को पुनः छपाई थालिएको छ । तीन साता अघि १४ लाख कार्ड आएसंगै यसको छपाई सुरु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा यातायात व्यवस्था विभागबाट छपाई सुरु गरिएको हो ।

navjiwan hospital

नयाँ तथा पुरानो ७ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । कार्ड समयमै आपूर्ति नहुँदा छपाई र वितरणमा ढिलाई भएको थियो । अब दैनिक ७ देखि १० हजार कार्ड छापिने छ ।

attariya hospital

माघमसान्त सम्म पुरानो बाँकी कार्ड छापेर सक्ने विभागको भनाइ छ । छापेका कार्ड देशभरका २१ वटा यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरिने छ ।