धनगढी – सरकारले तमु ल्होसार पर्वको अवसरमा भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले देशभर बिदा दिने निर्णय भएको जानकारी दिए ।


यसअघि बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा नक्कली विज्ञप्ती राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका थिए ।
















