खाेज्नुहाेस

३७७९ मत गणना सकियो, देउवालाई जितका लागि अझै ५४२ मत आवश्यक

Image

काठमाण्डौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

navjiwan hospital

३ हजार ७ सय ७९. मतगणना हुँदा देउवाले १७९८ मत प्राप्त गरेका छन् । कोइरालाले १४१३ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिले २०० र कल्याण गुरुङ १९ मत पाएका छन ।

attariya hospital

चुनावमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । अब गणना हुन ९१० मत बाँकी रहदा देउवालाई जितका लागि ५४२ मत आवश्यक पर्ने छ ।