खाेज्नुहाेस

कांग्रेस महाधिवेशन : उमेदवारहरुले ११ बजे सम्म मनोनयन फिर्ता लिन सक्ने

Image

काठमाडौं – नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिका लागि दिएको उमेदवारी फिर्ता लिन चाहेमा मनोनयन दर्ता गरेका उमेदवारले मनोनयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार उमेदवारहरुले मनोनयन फिर्ता लिनु परे आज बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ ।

navjiwan hospital

निर्वाचान समितिको कार्यतालिका अनुसार आज मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते (भोलि) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

attariya hospital

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको हो ।  सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उमेदवारी दिएका छन् ।