खाेज्नुहाेस

कांग्रेस महाधिवेशन : १३४ पदका लागि ५४८ उम्मेदवार

Image

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपसभापतिमा २ जनाका लासि सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा पनि २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा ८ जनाका लागि २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।

सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् ।

attariya hospital
navjiwan hospital

महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् । सहमहामन्त्री पदका उम्मेदवारहरुमा बद्री प्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतराज बजाल, शेख वकील उमाकान्त चौधरी र डिना उपाध्याय छन् ।

केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै केन्द्रिय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ । प्रदेशबाट ३ जना चुनीने छन ।