अत्तरिया – देउसी भैलो खेल्ने क्रम बढेपनि पछिल्लो समय यसको मैलिकता भने घट्दै गएको छ । मादल मुरलीको तालमा खेलिने देउसी भैलो पछिल्लो समय मेमोरी कार्डमा रेकर्ड गरिएका गीतहरुको सहयोगमा गाउन थालिएको छ । कैलालीको गोदावरी नगरपालिका – १ का परी नाथले पछिल्लो समय देउसी भैलोमा मैलिकता हराउँदै गएको बताए । उनले अहिलेका युवा पुस्ताले पुरानो लय भाका विर्सन थालेको बताए ।
युवा तथा बालबालिकाहरु साना–साना समूह बनाएर देउसी भैलो खेल्ने तर, देउसी भैलो गाउनुको सट्टा देउसी भैलोका युटुवमा राखिएका गीत बजाएर देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन न मुरली नै । पछिल्लो ठुलाठुला साउन्डवक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो खेल्ने समुहरु हिँडेका हुन्छन्।

देउसीभैलोहरुले ठुलो स्वरमा बज्ने साउन्डवक्समा गीत घन्काउँदा मनोरन्जन भन्दा वढी हल्ला मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीय रमेश भट्टले पछिल्लो समय देउसी भैलोमा रमाईलो भन्दा पनि पैसाका लागि देउसी भैलो खेल्ने क्रम बढेको बताए । उनले देउसी भैलोमा बार्गेनीङ गरेर नै पैसा लिने गरिएको बताए ।
पछिल्लो समय प्राय : साना उमेरका बालबालिका साना साना समुह बनाएर देउसी भैलो खेल्ने र उनीहरु पैसा जम्म गर्नकै लागि देउसी भैलो खेल्ने क्रम बढ्दै गएको छ ।
स्थानिय भुवन बोगटीले साना– साना समूहमा एकै दिनमा ३०/४० भन्दा बढी समूह बनाएर देउसी भैलो खेल्ने गरिएको बताए । उनले साना– साना बालबालिकाले देउसी भैलोमा रमाईलो गर्ने भन्दा पनि पैसा मात्रै उठाउने गरी देउसी भैलो खेल्ने गरेको बताए । ‘ति समूहमा न देउसी भैलोका गित हुन्छन’ उनले भने ‘आउने बितिकै साइकलको घण्टी छिटो दिनु आन्टि, भन्न सुर गर्छन ।’
पछिल्लो समय देउसी भैलो खेल्ने पिकनिङ जाने गरिदा पनि यस्ता देउसी भैलो खेल्ने समूह बढी भन्दा बढी रकम संकलन गर्न केन्द्रित हुन थालेका छन । यसरीनै देउसी भैलो खेल्ने क्रम जारी रहे बिस्तारै यसको मैलिकता हराउने चिन्ता बढेको सरोकारबाला बताउँन्छन ।


















