खाेज्नुहाेस

गोदावरी नगरपालिकाको महिला फुटबल टिमलाई अत्तरियामा स्वागत

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको महिला फुटबल टिमलाई अत्तरिया चोकमा स्वागत गरिएको छ । काठमाण्डौंमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सहभागि भएर नक आउट चरणमा प्रबेस गरेर फर्किएको नगरपालिकाको टिमलाई अत्तरियामा स्थानियले स्वागत गरेका हुन ।

पहिलो पटक गोदावरी नगरपालिकाबाट महिलाको टिम राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सहभागि भएर राम्रो खेल प्रदर्शन गरेको भन्दै स्थानियले खुसियाली साटासाट गर्दै खेलाडीहरुलाई स्वागत गरेक थिए ।

attariya hospital

खेलाडीको स्वागत गर्न अत्तरिया चोकमा पुगेका नेपाली कांग्रेस नेता बिरद्र भट्टले अत्तरिया क्षेत्रकै पहिलो महिला फुटबल टोली पहिलो पटकमै राम्रो खेल खेलेको भन्दै खुसि लागेको बताए । ‘यस क्षेत्रका खेलाडीले काठमाण्डौंमा यो क्षेत्रलाई चिनाउन सफल हुनु भएको छ’ उनले भने ‘खेलाडीहरले यो क्षेत्रलाई नै विजयी गराउनु भएको छ । खेलाडीको हामी उज्जल भविश्यको कामना गर्दछौ ।’

स्वागत कार्यक्रममा गोदावरी नगरपालिका क्षेत्रमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

टिमकी क्याप्टेन यसोधा रावलले पहिलो पटक यती ठूलो प्रतियोगितामा सहभागि भएर नक आउट चरणमा पुग्न पाएकोमा निकै खुसी लागेको बताईन् । ‘महिला घरमा मात्रै बस्नुपर्छ भन्ने मान्यता रहेको सामाजमा हुर्किएका हामीहरु अहिले घर परिवारको सपोर्ट नभएपनि राष्ट्रिय टिममा सहभागि हुने अवसर पाएका छौ’ उनले भनीन् ‘अहिले हामी गोदावरी नगरपालिकाले सपोर्ट गरेका कारण काठमाण्डौमा खेल्ने राम्रो अवसर पाएका हौ ।’ उनले आगामी यात्रामा चुनौती भएपनि उपाधि हात पार्न आफूहरु सक्दो प्रयासरत रहेको बताईन् ।

नगरपालिकाको टिममा अधिकान्स खेलाडी अत्तरिया फुटबल एकेडमीमा प्रशिक्षण लिइरहेका खेलाडी सहभागि रहेका छन । नगरपालिकामा महिला फुटबल खेलाडी उत्पादन गर्दै आइरहेको अत्तरिया फुटबल एकेडमीका अध्यक्ष संजय ओझाले आफुले तयार पारेका खेलाडीले राष्ट्रिय खेलकुदमा अवसर पाउनु गौरवको बिषय भएको बताए ।

navjiwan hospital

उनले पहिलो पटक गोदावरी नगरपालिकाले आफुले तयार पारेको टिमलाई सहयोग गरेकोमा निकै खुसी लागेको बताए ।

‘हामीले प्रतियोगिता अन्तरगत खेलेको पहिलो खेलमा पोखरा महानगरपालिकाको टिमलाई ६ गोलले पराजित ग-र्यौ’ उनले भने ‘अहिले खेलाडीको हौसला बढेको छ । अब हामीले बलियो मानिने कन्काई नगरपालिकाको टिमसंग कार्तिक २४ गते प्रतिस्पर्धा गर्दै छौ ।’

नगरपालिकाको टिमको नेतृत्व गरिरहेका ओझाले सिल्ड नै जित्ने गरी आफूहरुले रणनीति बनाइरहेको बताए । उनले गोदावरी नगरपालिका कार्यालयबाट भने कोही पनि नजादा अलि खल्लो लागेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गरेको प्रतियोगिता कार्तिक ४ गते बाट सुरु भएको थियो ।

प्रतियोगितामा ३१ टिमको सभागिता रहेको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता बन्दै गोदावरी नगरपालिकाको टिम ‘नक आउट’ चरणमा प्रवेश गरेको हो । ‘नक आउट’ चरणमा एक समूहबाट एक टिम गरी १० वटा टिम पुगेका छन । २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुँदैछन ।

नक आउट चरणमा समूह ‘ए ’बाट कन्काइ नगरपाकिका, समूह ‘बी ’बाट ललितपुर महानगरपालिका, समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका, समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘इ’ बाट इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका, समूह ‘जी’ बाट कैलालीको गोदावरी नगरपालिका र समूह ‘एच’ बाट धनगढी उपमहानगरपालिका पुगेका छन ।

प्रतियोगिताको फाइनल खेल खेल २८ गते हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।