खाेज्नुहाेस

अत्तरियाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशकै जक्सनका रुपमा रहेको अत्तरियाम चोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । चोकमा जताततै सवारी साधन रोकिने गरेका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको हो ।

चोकमा सवारी साधनको बढी चाप हुने भएपनि चोकमै सवारी साधन रोकेर यात्रु चढाउने ओराल्ने गरिदाँ सवारी आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्न थालेको छ ।

attariya hospital

सुदूरपश्चिम प्रदेशकै प्रदेश ट्राफिक कार्यालय रहेको अत्तरियामै जताततै सवारी साधन रोकेर यात्रु ओराल्ने र चढाउने गरिएको भएपनि ट्राफिक प्रहरी मुखदर्शक बन्ने गरेका छन ।

अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी विकले अत्तरिया बजारका निश्चित ठाउँमा सवारी पार्किङ गर्ने क्षेत्र नतोकिदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताए । उनले बजारमा निश्चित ठाउँमा सवारी साधन पार्कीङ गरिनुपर्नेमा चोकमै सवारी साधन रोकेर यात्रु चढाउने, झार्ने गर्दा पैदल यात्रीहरुलाई पनि समस्या भएको बताए ।

‘जहाँ पायो त्यही सवारी साधन रोकिदाँ बजारको सुन्दरतामा समेत ह्रास आएको छ । निश्चित ठाउँमा सवारी साधन नरोकिदा पैदल यात्रीलाई समेत हिडडुल गर्न समस्या भएको छ’ उनले भने ‘यी विषयमा सम्बन्धित निकायको ध्यान कम पुगेको छ ।’

navjiwan hospital

उनले ट्राफिक प्रहरी सडकमा उभिएर सिटी बजाउने गरेको भएपनि सवारी चालकले नटेर्ने गर्दा समस्या आउने गरेको बताए । ‘बजारमा सवारी साधनको संख्या बढ्दै गएको छ । सवारी पार्कीङ गर्नका लागि भने निश्चित ठाउँ तोकिएका छैनन्’ उनले भने ‘ट्याक्सी, ई– रिक्सा, मोटरसाईकल राख्ने छुट्टाछुटै पार्कीङ स्थल हुनुपथ्र्यो ।’

अत्तरियाका व्यवसायी मोहम्मद निजामुदिनले अत्तरियाका साधुरा शाखा सडकहरुमा पनि सवारी आवागमनमा निकै समस्या हुन थालेको बताए । उनले अत्तरियाको बढी भिडभाड हुने बरपिपल गल्लीमा जताततै सवारी साधन पार्कीङ गरिदाँ आवतजावतमा निकै समस्या भएको बताए ।

‘साधुरा सडकका दुई तिर सवारी साधन पार्कीङ गरेर राखिदाँ बाह्यबाट आउने सवारी साधनलाई गल्लिमा इन्ट्रि गर्न पाउँदैनन्’ उनले भने ‘हामीले गल्लीको ट्राफिक व्यवस्थापन गराइदिनका लागि स्थानिय सरकार देखि ट्राफिक प्रहरी सम्म आग्रह गरेका छौ ।’ उनले अत्तरिया चोक लगायत मुख्य राजमार्गमा मात्रै नभएर शाखा सडकहरुमा पनि ट्राफिक व्यवस्थापनका लागि प्रहरी परिचालन गर्न आवश्यक रहेको बताए ।

उता सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता राजेन्द्र बहादुर सिह भने प्रहरीले ट्राफिक व्यवस्थापनमा निकै कडाइका साथ काम गरिरहेको बताए । उनले चोक तथा राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरी ट्राफिक नियम उल्लघंन गर्नेबाट जरिवाना समेत लिने गरेको बताए ।

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा कडाइ गरको बताउँदै आएको भएपनि अत्तरिया चोकमै ट्राफिक प्रहरी अगाडीनै निर्वाध रुपमा सवारी साधन रोकेर यात्रु चढाउने ओराल्ने क्रम रोकिएको छैन ।