खाेज्नुहाेस

दसैँमा धनगढी उपमहानगरपालिकाको सहारा, निःशुल्क नगर प्रहरीको सेवा

Image
तस्बीर : गोदावरी नगरपालिकाका लोकेन्द्र सिंह धामीलाई धनगढी चौराहादेखि मट्यारीसम्म मोटर साईकलमा पुर्याउँदै नगर प्रहरी ।

धनगढी – दसैँको टीका लगाउन जाने सर्वसाधारणलाई सहजता प्रदान गर्न कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ। दसैँको दिन उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्नुका साथै आवश्यक परेका व्यक्तिलाई नगर प्रहरीमार्फत मोटरसाइकलमा समेत गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरेको हो।

navjiwan hospital

उपमहानगरपालिकाको नगर प्रहरी टोलीले आज मोटरसाइकलमा बिभिन्न ठाउँमा पुर्‍याइरहेकाे छ ।

attariya hospital

दसैँका बेला टीका लगाउन आफन्तकहाँ जाने तथा आवतजावत गर्नुपर्ने सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले यस्तो सेवा उपलब्ध गराएको हो। सार्वजनिक यातायातको सहज पहुँच नहुने वा तत्काल सहयोग आवश्यक पर्ने व्यक्तिका लागि नगर प्रहरीको यो सहयोग उपयोगी बनेको छ।

उपमहानगरपालिकाले दसैँको अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन निःशुल्क बस सेवा पनि सञ्चालन गरेकाे छ ।