दार्चुला – दार्चुलामा भारतबाट भन्सार छली गरी ल्याइएको १ लाख ४१ हजार रुपैयाँभन्दा बढी मूल्यको बिडी प्रहरीले बरामद गरेको छ।

जिल्लाको महाकाली नगरपालिका–९ मेलखेतस्थित खोलाको किनारबाट अन्दाजी १ लाख ४१ हजार ३६० रुपैयाँ बराबरको ७४४ बण्डल बिडी बरामद गरिएको हो।

प्रहरी चौकी जलजिवीबाट खटिएको प्रहरी टोलीले उक्त बिडी बेवारिसे अवस्थामा फेला पारेको थियो। बरामद बिडी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।















