अत्तरिया– देउवा पक्षधर नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को नवनिर्वाचित कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नयाँ क्षेत्रिय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख तथा कांग्रेस महाधिवेशन प्रतिनिधि वीरेन्द्र भट्टले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले निर्वाचित पदाधिकारीहरुले कांग्रेसलाई अझै मजबुत र बलियो बनाउने कुरामा आफूले विश्वास लिएको बताए ।

उनले कांग्रेसका लागि वर्षाैदेखी मेहनत र संघर्ष गरेका व्यक्तिहरु नै समितिमा अटाएको बताउदै सबैलाई समेट्न नसकिएको बताए । उनले निर्वाचित कार्यसमितिले पार्टीलाई अझै गति प्रदान गर्ने अपेक्षा गरेको समेत बताए ।

















