अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ शेर बहादुर देउवा पक्षको सभापतिमा वीर बहादुर चोखाल चयन भएका छन् । बुधवार अत्तरियामा सम्पन्न क्षेत्रीय अधिवेशनबाट चोखाल सर्वसम्मत सभापतिमा चयन भएका हुन । चोखाल यसअघि नेपाली कांग्रेस गोदावरी नगर समितिको सभापति रहेका थिए ।

अधिवेशनबाट ३५ जना महाधिवेशन प्रतिनिधि पनि चयन गरिएको छ ।

यसअघि कैलाली ४ क को सभापतिमा सगत राम चौधरी र ख को सभापतिमा प्रेम कडायत चयन भइसकेका छन् ।
यस्तै असोज १५ गते सम्पन्न नेपाली कांग्रेस गगन पक्षको अधिवेशनबाट भने कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा सुरत कार्की चयन भएका थिए ।













