खाेज्नुहाेस

जानकी गाउँपालिकाले खरिद गर्यो ‘महाप्रस्थान यान’

Image

धनगढी – कैलालीको जानकी गाउँपालिकाले दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि घाटसम्म पु¥याउन ‘महाप्रस्थान यान’ खरिद गरेको छ ।

navjiwan hospital

मृत्युपश्चात् दिवंगत व्यक्तिको पार्थिव शरीरलाई सम्मानजनक रूपमा अन्तिम संस्कारस्थलसम्म पु¥याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त यान खरिद गरेको हो । कम्पनी मार्फत खरिद गरिएको उक्त महाप्रस्थान यानको आपूर्तिकर्ताले गाउँपालिका अध्यक्ष गणेश चौधरीलाई यानको साँचो हस्तान्तरण गरेको छ ।

attariya hospital

दुःखको घडीमा शोकसन्तप्त परिवारलाई सहयोग पु¥याउने उद्देश्यले ल्याइएको यस सेवाले अन्तिम संस्कारको प्रक्रियालाई सहज, व्यवस्थित र सम्मानजनक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।