अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिरमा शारदीय नवरात्रिको अवसरमा दुर्गा पूजा, रामकथा, रामलीला तथा शृङ्गारिक महाआरती कार्यक्रम सुरु भएको छ ।
मन्दिर व्यवस्थापन समितिको आयोजनामा असोज २५ गतेदेखि सात दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक गतिविधिसहित सुरु भएको हो ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर महराको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।
कार्यक्रममा प्रमुख कथावाचकका रूपमा अच्युत शरण महाराज रहेका छन् ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा दुर्गा पूजा, रामकथा, रामलीला तथा शृङ्गारिक महाआरतीलगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।












