खाेज्नुहाेस

अत्तरिया बसपार्कमा अपाङ्गता सहायका कक्ष स्थापना 

Image
अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सहायता कक्ष स्थापना गरिएको छ । आइतबार नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले दसैँ, दीपावली, छठको अवसरमा प्रहरी, ज्येष्ठ नागरिक समाज, सुप समावेशी आधारभूत विद्यालय लगायतका सरोकारवाला निकायहरू सँगको समन्वय÷सहकार्यमा सहायता कक्ष सञ्चालन गरेको हो ।
attariya hospital
अत्तरिया बसपार्कबाट विभिन्न जिल्लामा जाने सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूलाई यातायात व्यवस्था ऐन २०४७ र अपाङ्गता अधिकार नियमावली २०७७ मा भएको कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।
navjiwan hospital
सहायता कक्षको एक औपचारिक कार्यक्रमका बिच नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया प्रहरी उपरीक्षक नवराज कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले यातायात तथा अपाङ्गता सम्बन्धी भएका ऐन कानुन कार्यान्वयनमा ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए ।
नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।