धनगढी – धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी – १ जेन्जी मार्गमा ४१ औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ०१ स्थित जेन्जी मार्गमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ०१ का अध्यक्ष सन्ताेष मुडभरीले उद्घाटन गरेका हुन्।

उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत वडा नम्बर १ जेन्जी मार्ग क्षेत्रमा पनि हाइमास लाइट जडान गरिएको हो।
व्यस्त तथा सार्वजनिक आवागमनको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।
















