
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा यू–१८ ‘नवीन मेमोरियल कप’ फुटबल प्रतियोगिता हुने भएको छ। पीएफएन क्लबको आयोजनामा हुने प्रतियोगिता पीएफएन फुटबल मैदानमा शुक्रबार देखी गतेदेखि सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँसहित ट्रफी र पदक तथा उपविजेताले २० हजार रुपैयाँसहित पदक प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट डिफेन्डर, गोलकिपर, खेलाडी र म्यान अफ द म्याचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


















