खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन् । बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत् उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र पठाएका हुन् ।

navjiwan hospital

प्रदेश प्रमुख मियाले मुख्य न्यायाधिवक्ता जोशीको राजीनामा बिहिबार नै स्विकृत गरेको प्रदेश प्रमुखका स्वकीय सचिव साबिर अलीले जानकारी दिए । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा जोशी २८ साउन २०८१ मा प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

attariya hospital

कांग्रेस नेतृत्वको सरकार हुँदा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । सत्ता समीकरण फेरिएर नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको झण्डै दुई महिनापछि उनले राजीनामा दिएका हुन् । त्यसअघि शाह पहिलो पटक मुख्यमन्त्री हुँदा पनि जोशी मुख्यन्यायाधिवक्ता नियुक्त भएका थिए ।