खाेज्नुहाेस

कैलालीमा अवैध भन्सार छलीका सामान सहित २ जना पक्राउ

Image

अत्तरिया– कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याईएका भन्सार छलीका सामानसहित २ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ७ की रञ्जना राना र वडा नं. १ का जिवन ढुंगाना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार रञ्जनालाई अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ३ लाख ५३ हजार रुपैया बराबरका सुटपिस, चुन्नी, अन्य कपडा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको हो ।

attariya hospital

त्यस्तै जिवनलाई अन्दाजी २ लाख ७० हजार बराबरका अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याईएका टेन्टको पर्दा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले धनगढी उपमहानगरपालिका– १९ लल्लीपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी २२ हजार मुल्य बराबरका बोइलर कुखुरा पनि बरामद गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त कुखुराहरु फेला पारेको बताईएको छ । प्रहरीका अनुसार आवश्यक प्रक्रिया पुरा गरी स्थानिय जनप्रतिनिधिको रहोवरमा उक्त कुखुराहरु नष्ट गरिएको छ ।