खाेज्नुहाेस

कैलालीमा हावाहुरीले ५० विद्युतका पोल ढले

Image

घोडाघोडी – कैलालीमा बुधबार बिहान आएको हावाहुरीसहितको वर्षाले रुख ढल्दा विद्युतका पोल तथा तारमा समेत क्षति पुगेको छ । हावाहुरीले घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा ५० भन्दा बढी विद्युतका पोल ढलेका छन् ।

navjiwan hospital

नेपाल विद्युत् प्राधिकरण पहलमानपुर वितरण केन्द्रका प्रमुख लोकविक्रम मल्लले हावाहुरीका कारण घोडाघोडीको पहलमानपुर, आमखैया, जवलपुर, सिम्थरी लगायतका स्थानमा रुख ढल्दा विद्युतका पोल तथा तारमा क्षति पुगेको बताए ।

attariya hospital

हावाहुरीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि घोडाघोडी क्षेत्रका विभिन्न स्थानमा बुधबार बिहानदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत् सेवा सञ्चालनका लागि प्राधिकरणका कर्मचारी तथा प्राविधिकहरू क्षतिग्रस्त क्षेत्रमा पुगेर मर्मत कार्यमा खटिएका छन् ।