धनगढी – धनगढी उपमहानगरपालिकाका दुइ सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारका लागि ३८ सेट डेस्क–बेन्च हस्तान्तरण गरेको छ।

उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर १८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयलाई ३८–३८डेस्क–बेन्च हस्तान्तरण गरेको हो।

बेहडाबाबा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख कन्दकला राणाले विद्यालयलाई डेस्क–बेन्च हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख राणा, उपमहानगरपालिकाका कर्मचारी तथा वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरी र वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको सहभागिता थियो।

















