खाेज्नुहाेस

अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

Image

अत्तरिया– कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिदै गरेको बडादशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय मालाखेती र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले संयुक्त रुपमा यात्रु सहायता कक्ष स्थापना गरेका हुन् ।

navjiwan hospital

उक्त यात्रु सहायता कक्षको आईतबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले चाडपर्वको अवस्थामा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । सो कक्षबाट विभिन्न किसीमका सेवाहरु उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए । उनका अनुसार बढी भाँडा लिएको, क्षमता भन्दा बढी यात्रुहरु लगिरहेको, अन्य दुर्घटनाको जोखिम लगायतका कुराहरु यात्रु सहायता कक्षले यात्रुहरुलाई प्रदान गर्नेछ । त्यसबाहेक चाडपर्वको अवसरमा हुने चोरी, डकैती लगायतका कुराहरुमा पनि सहायता कक्षले यात्रुहरुको सहजताका लागि काम गर्ने उनको भनाई छ ।

attariya hospital

उनले चाडपर्वका अवसरमा हुने यात्रुहरुको भिडभाडमा हुने गरेका विभिन्न किसीमका असुरक्षाका कुराहरुमा सहायता कक्ष अग्रणी भुमिकामा रहने विश्वास व्यक्त गरे । चाडपर्वका बेला हुने दुर्घटनाहरु न्यूनिकरणका लागि पनि सहायता कक्ष महत्वपुर्ण हुने उनले बताए । उनले यात्रुहरुको सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता भएकाले त्यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

उनले सुरक्षित यात्राका लागि प्रहरीले सहायता कक्ष स्थापना गरेको र त्यसको विरोधमा जानेलाई सचेत गराई कानुनी कारबाहीको दायरामा ल्याईने समेत बताए । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब निरीक्षक हिरा सिँ महरा लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।