कैलाली – कैलालीमा बालबालिकाविरुद्धको कसुर मुद्दामा ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको २०८१ वैशाख ४ गतेको फैसलाले उक्त सजाय तोकिएका घोडाघोडी नगरपालिका–२ बस्ने ५२ वर्षीय तारा बहादुर विष्टलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरी टोलीले विष्टलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।














