खाेज्नुहाेस

गोदावरीको नगर गान बनाउनेलाई ७० हजार दिइने, सङ्गीत भर्नेलाई ८० हजार

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगर गान तयार गर्नको लागि सूचना आह्वान गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै असोज २७ गते भित्र नगर गान रचनाका लागि सूचना जारी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी सूचनामा उत्कृष्ट नगर गान रचयितालाई ७० हजार पुरस्कार दिने उल्लेख छ ।

attariya hospital

नगरपालिकाले नगर गान तयार गर्नका लागि भदौ १८ गतेको १४५ औँ कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । त्यसअघि ‘गोदावरी नगर गानका लागि गोदावरी नगरपालिकाको नगर गान तयार गर्ने सम्बन्धी मापदण्ड २०८२ तयारी गरिएको थियो ।

navjiwan hospital

सोही मापदण्डका आधारमा नगर गान तयार गरेर नगरपालिकाको इमेलमा पठाउन सूचना मार्फत आह्वान गरिएको हो ।

मापदण्डमा नगर गानको मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्यीय समिति हुने मापदण्ड रहेको छ । जसमा एक जना सङ्गीत विधाका, एक जना साहित्य/भाषाविद्/समाजशास्त्री, नगरको सामाजिक विकास समित संयोजक र शिक्षा, युवा तथा खेलकुद शाखाको अधिकृत स्तरको कर्मचारी रहने व्यवस्था छ ।

नगर गान छनोट भएपछि प्रमुख प्रशासकीय अधिकृतकै संयोजकत्वमा दुई जना सङ्गीत विधा विज्ञको समितिले उत्कृष्ट सङ्गीतकार छनोट गर्ने प्रावधान रहेको छ । उकृष्ट सङ्गीतकारलाई ८० हजार पुरस्कार दिने जनाइएको छ ।