खाेज्नुहाेस

बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु 

Image
बेलौरी – कञ्चनपुरकाे बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । आइतबार राती बेलडाँडी गाउँपालिका २ क्याप नजिक अचेत अवस्थामा भेटिएका २७ वर्षीय महेश धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
attariya hospital
क्याम्प  नजिक सडक किनारमा अचेत अवस्थामा कृष्णपुर नगरपालिका – २ बङ्क घर भएका धामी भेटिएका थिए । सुरुवातमा पहिचान नखुले उनलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याएका थिए  ।
navjiwan hospital
गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरुवातमा युवकको हालसम्म समेत पहिचान खुल्न सकेको थिएन । बेलडाँडी प्रहरीका अनुसार धामी रोजगारीको क्रममा भारतमा थिए । धामी एक साता अघि मात्रै घर आएका थिए ।
धामीका आफन्त बेलडाँडी गाउँपालिका ५ झिलमिला बस्दै आएका थिए । यही बस्दै आएका धामीको परिवार त्यहाँ घरजग्गा बिक्री गरेर भारतमै बस्दै आएका थिए भने अस्थायी रूपमा बङ्कमा घर बनाइ बसिरहेका थिए ।