धनगढी – निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा सडकहरू भासिएका छन । शुक्रबार देखिको निरन्तर वर्षाका कारण अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएको छ । यस्तै डोटीको शिखर नगरपालिका– ३ को रामपुर स्थित दिपायल डडेलधुरा सडक खण्डको मुख्य सडक अन्दाजी २० मिटर बाटो भासिएको छ ।

लगातारको वर्षाको कैलालीको चुरे क्षेत्रमा पनि सडक कतै भासिएका छन भने कतै सडक माथि पहिरो गएको छ । वर्षाका कारण सडकको केही भाग भासिएपछि उक्त सडक खण्डहरूमा सवारी साधन आवतजावत जोखिमपूर्ण बनेको छ । भासिएको सडकको तत्काल निरीक्षण गरी मर्मत तथा सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।

यसले लामो तथा छोटो दूरीका सवारीसाधनको आवागमनमा चुनौती थपिएको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरिरहेका छन् ।















