खाेज्नुहाेस

चार संस्थालाई आजीवन सहयोग गर्ने आगोको घोषणा 

Image
अत्तरिया – अत्तरियाका युवा नेता लोकराज पाण्डेय (आगो) ले कैलालीका ४ वटा संस्थालाई आजीवन सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा ज्येष्ठ नागरिक समाज गोदावरी, सुप समावेशी  आधारभूत विद्यालय अत्तरिया, महिला तथा बालबालिका सेभ हाउस अत्तरिया र  दृष्टि फाउन्डेसन धनगढीलाई आजीवन मासिक १/१ हजारका दरले आजीवन सहयोग गर्ने घोषणा गरेका हुन ।
attariya hospital
उनले अभियानका रुपैयाँ सहयोग घोषणा गरेको बताउँदै समाजका २/३ सय जना मात्रै यस्तो अभियान जोडिए यस्ता संस्था चलाउन सहज हुने बताए ।
navjiwan hospital
उनले हाल ४ वटा संस्थालाई सहयोग गरे पनि आगामी दिनमा यस्तै १० वटा संस्थालाई नियमित सहयोग गर्ने लक्ष्य रहेको बताए ।
शुक्रवार अत्तरियामा गोदावरी नगरपालिका – १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) को प्रमुख आतिथ्ययतामा भएको एक कार्यक्रममा बिच पाण्डेयले उक्त घोषणा गरेका थिए । कार्यक्रममा उनले घोषणा गरेको एक वर्षको रकम पनि चारै संस्थालाई हस्तान्तरण गरेका थिए ।