खाेज्नुहाेस

सुदूरपश्चिममा सरुवा भएका सचिवले बजेट बनाउँदै, मन्त्री काठमाडौँमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेश आर्थिक वर्ष सुरु भएको २ महिना पछि ल्याउने तयारी गरिएको बजेट सरुवा भएका सचिवले लेख्न थालेका छ । आर्थिक मामिला  मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालको सरुवा भइसकेपछि पनि बजेट निर्माणमा संलग्न रहेको देखिएको छ । संघीय सरकारले हमाललाई काठमाडौँस्थित राष्ट्रिय महिला आयोगको सचिवका रूपमा सरुवा गरिसकेको छ । उनको स्थानमा संघीय सरकारले पूर्वाधार विकास मन्त्रालयका सहसचिव बलराम रिजाललाई सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवका रूपमा कामकाजमा खटाएको छ । तर, रिजाल अहिलेसम्म प्रदेशमा पुगेका छैनन् ।

navjiwan hospital

यसअघि तत्कालीन सरकारको पालामा मुख्यमन्त्री र अर्थ सचिव मिलेर बजेट बिगारेको आरोप लागेको थियो । अहिले तिनै सचिव सरुवा भइसकेपछि पनि प्रदेशमै रहेर बजेट निर्माणमा संलग्न भएपछि बजेट प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।

attariya hospital

यसबिच आर्थिक मामिला मन्त्री चक्र मल्ल पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौँमा व्यस्त छन् । अहिले प्रदेश सरकारले असोज १५ भित्र बजेट ल्याउने सरकारको दाबी गरेको छ ।

सुदूरपश्चिम प्रदेश करिब दुई महिनादेखि बजेट शून्यताको अवस्थामा छ । तत्कालीन सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि सरकारसमेत ढलेको थियो । त्यसपछि नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बने पनि करिब डेढ महिना पुग्न लाग्दासमेत प्रदेशले नयाँ बजेट पाउन सकेको छैन ।