धनगढी – कैलालीमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बुधबार टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।