खाेज्नुहाेस

बेलौरीका ज्येष्ठ नागरिक र एकल महिला मुक्तिनाथमा 

Image
मुस्ताङ –  कञ्चनपुरकाे बेलौरी नगरपालिका – ४ को वडा कार्यालयबाट गएका ज्येष्ठ नागरिक र एकल महिलाहरूको तीर्थ यात्रुको टोलीले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । ४ असोजमा बेलौरीबाट ३२ जना ज्येष्ठ नागरिकहरू तथा एकल महिला सहितको ४१ जनाको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फिर्ता भएको छ ।
attariya hospital
बुधवार टोलीले मुक्तिनाथ सहित कागबेनी धाम अवलोकन गरेका थिए । कागबेनी धाममा तीर्थयात्रुहरुको टोलीले पितृ मोक्षका लागी श्राद्ध गरेका थिए भने मुक्तिनाथमा पूजाआजा गरी फिर्ता भएको बेलौरी नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन ढकालले बताए ।
navjiwan hospital
त्यसअघि तीर्थयात्रुको टोलीले पोखराको बराही मन्दिर सहित फेवातालको अवलोकन गरेका थिए । त्यसपछि बेनीको गलेश्वर धामको दर्शन गर्दै त्यहीको आश्रममा बसेका थिए । आफै खाना बनाएर बास बसेका तीर्थयात्रुहरुको टोली मुस्ताङको तातोपानी कुण्डमा स्नान गरी मार्फा र जोमसोम गाउँको अवलोकन गर्दै जोमसोममा बास बसेका हुन ।
आज फिर्ता भई बेनीमै बसेर बागलुङको र भोलि कालिन्चोक भगवती मन्दिरको दर्शन गरेर घर फर्किने कार्यक्रम रहेको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिए ।