खाेज्नुहाेस

बैतडीमा चितुवाको आक्रमणमा परेर एक बालक गम्भीर घाइते

Image

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–३ गोयली पैरा, लम्सिलामा चितुवाको आक्रमणमा परेर एक बालक गम्भीर घाइते भएका छन् । आइतबार बिहान दुईवटा बच्चासहित देखिएको चितुवाले अचानक आक्रमण गर्दा १२ वर्षीय दिपेश भट्ट घाइते भएका हुन ।

navjiwan hospital

घटनालगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोलीले घाइते बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पु¥याएका थिए । त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

attariya hospital

बस्तीनजिकै निरन्तर चितुवा देखिन थालेपछि सो क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।