दार्चुला – लागूऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत दार्चुलाको २०८२ पुस १ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका नौगाड गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेम सिंह धामी पक्राउ परेका हुन्।

फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी चौकी दल्लेख, दार्चुलाबाट खटिएको प्रहरी टोलीले धामीलाई शनिबार साँझ नौगाड गाउँपालिका–२ स्थित दल्लेख बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

















