खाेज्नुहाेस

कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

Image

अत्तरिया –  कैलालीमा नहरमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

navjiwan hospital

जिल्लाको लम्कीचुहा नगरपालिका–७, तोरीपुरस्थित नहरमा शनिबार साँझ पौडी खेल्ने क्रममा लम्कीचुहा नगरपालिका–४, बलिया बस्ने काले जैशीका छोरा १२ वर्षीय भरत जैशी डुबेर अचेत अवस्थामा फेला परेका थिए।

attariya hospital

उनलाई उपचारका लागि बर्दगोरिया अस्पताल, बौनिया लगिएको थियो। अस्पतालमा उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।