खाेज्नुहाेस

एनएमबी लघुवित्त स्याउले शाखाद्धारा वृक्षारोपण कार्यक्रम आयोजना

Image

अत्तरिया– एनएमबि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय स्याउले बजारले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । ‘हरियाली प्रर्वद्धन, सुरक्षित जीवन : एनएमबी लघुवित्तको अभियान’ भन्ने मुल नाराका साथ शनिबार शाखा कार्यालयले सामुहिक वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

शनिबार बनदेवी महिला सामुदायिक बन उपभोक्ता समुहमा रहेको बनदेवी पार्कमा वृक्षारोपण गरिएको संस्थाले जनाएको छ । वृक्षारोपण कार्यक्रममा संस्थाका विभिन्न शाखाका कर्मचारी, शाखामा आवद्ध सदस्य तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

attariya hospital

वृक्षारोपण कार्यक्रम अघि एक औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख राजेन्द्र बहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बनदेवी महिला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लोक बहादुर बि.क रहेका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे संस्थाका प्रदेश प्रमुख खड्काले जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका क्षेत्रिय प्रमुख वेग बहादुर वलीले गरेका थिए ।