खाेज्नुहाेस

धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, फरार चालक अत्तरियाबाट पक्राउ

Image
धनगढी – कैलालीको धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गए राति सुप प्र०१००१ ज १५८० नम्बरको हाइसको ठक्करबाट पैदल यात्री धनगढीको चटकपुरका कालु रानाको मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाइस र चालक फरार भएका थिए । प्रहरीले राती नै फरार चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई अत्तरियाबाट पक्राउ गरेको थियो । हाइस भने धनगढीको बोराडाँडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।